सुदूरपश्चिममा गहुँको मुल्य निर्धारण
२०७९ चैत्र २१, ०४:४४
धनगढीः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले गहुँको नयाँ मुल्य निर्धारण गरेको छ।
कार्यालयले धनगढीमा रहेको मोहनपुर, टीकापुर र सत्ती गोदाममा फ्रेस गहुँ प्रतिक्वीन्टल तीन हजार तीन सय ५१ रुपैयाँ कायम गरिएको छ।
२०८० बैशाखको पहिलो हप्तादेखि गहुँ खरिद कार्य सुरु हुने भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेड प्रादेशिक कार्यालय धनगढीले सुचना जारी गरेको छ।
कमेन्ट लोड गर्नुस