डोटीको सेती नदीबाट सुरु भएको र्याफ्टिङ कैलालीको खक्रौला पुगेर सम्पन्न
समृद्धिका लागि शान्ति भन्ने नाराका साथ विवेकशिल साझा पार्टीले डोटीको सेती नदीबाट सुरु गरेको जलयात्रा कर्णाली नदी अन्तरगत कैलालीको खक्रौला नाका पुगेर सम्पन्न भएको छ। गत चैत १७ गते डोटीको वान्डुरशैन स्थित सेती नदीबाट सुरु गरिएको जलयात्रा आज कैलालीको खक्रौला नाका पुगेर सम्पन्न भएको हो। विवेकशिल साझा पार्टीका सुदूरपश्चिमका अभियान विभाग प्रमुख विनोद मल्ल नेतृत्वको टोलीले पाँच दिनको अवधीमा झण्डै साढे चार सय किलोमिटर लामो दुरीको जलयात्रा सहज रुपमा सम्पन्न गरेको हो।
देशमा पछिल्लो समय विप्लव नेतृत्वको नेकपा र सरकारविच देखिएको द्धन्द्धले देशलाई अशान्तिको दिशातीर धकेल्ने भन्दै वार्ताको माध्यमबाट निकास खोज्न रचनात्मक दबाब दिने र नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउने उद्देश्यले आयोजना गरिएको जलयात्रा सफल भएको मल्लले बताए। उनले जलयात्राका लागि वान्डुरसैन खक्रौला रुट निकै उत्तम रहेको जनाउदै साहासिक जलयात्राले, पर्यटन प्रवद्र्धन र नेपाल भ्रमण वर्ष २०२० लाई समेत जनाए।
पाँच दिर्ने र्याफ्टिङमा गाईडको भुमिका निर्वाह गरेका कर्णार्ली र्याफ्टिङका अध्यक्ष विष्णुप्रसाद जैशीले डोटीको सेतीदेखि कैलालीको कर्णाली नदी सम्मको जलयात्रा सबै भन्दा सहज रहेको पाएको बताए। उनले वान्डुरशैन–खक्रौला सम्मको जलयात्रा समान्य व्यक्तिले समेत सहजै गर्न सकिने भएकाले प्याकेजका रुपमा अगाडी बढाउन सकिने समेत जनाएका छन्। वान्डुरशैन –खक्रौला सम्मको झण्डै साढे चार सय दुरीमा पाँच दिनमा सहजै जलयात्रा गर्न सकिने उनको भनाई रहेको थियो।
र्याफ्टिङ टोलीलाई टीकापुरको दौलतपुरमा स्वागत गर्दै विवेकशिल साझाका सुदूरपश्चिम प्रदेश संयोजक गोपाल हमालले सरकारले दिएको समृद्ध नेपाल र सुखी नेपालीको नारा शान्ति भएमा मात्र पुरा हुने बताएका छन्। उक्त नारालाई सफल बनाउन शान्ति अनिवार्य रहेको सन्देश दिन गरिएको र्याफ्टिङले नेपाल भ्रमण वर्ष २०२० लाई समेत टेवा पुगाउने हमालको विश्वास छ।
हमालले डोटीदेखि कैलाली सम्मको जलयात्रा विश्वमै लामो दुरीको भएपनि ओझेलमा परेको बताउदै नेपाल भ्रमण वर्ष २०२० मा स्थापित गर्नुपर्ने जनाए। उनले यसलाई स्थापित गर्न वान्डुरशैन–खक्रौला नदीको आसपासमा पर्ने स्थानीय तह र प्रदेश सरकारले प्रचार प्रचारमा जोड दिनुपर्ने सुझाव दिएका छन्। विवेकशिल साझा पार्टीको अभियान विभागका सुदूरपश्चिम प्रमुख मल्ल नेतृत्वको र्याफ्टिङ टोलीमा रमेश बोगटी, बिक्की ओझा, सुशदेव सिंह र तारा सिँह तथा गाईड कर्णाली र्याफ्टिङका अध्यक्ष विष्णुप्रसाद जैशी, बलबहादुर राजी, कालुराम चौधरी लगायतका नौ जनाको सहभागिता रहेको थियो।
जलयात्रामा सहभागीहरुलाई यसअघि विवेकशिला साझा पार्टीका सुदूरपश्चिम संयोजक गोपाल हमाल, कैलाली संयोजक प्रकाश भट्ट लगायतका नेताहरुले दौलतपुरघाट पुगेर स्वागत गरेका थिए। पर्यटन वर्षलाई टेवा पुगाउनेसंगै सरकारले विप्लव नेतृत्वको नेकपा समूहमाथी लगाएको प्रतिबन्धका कारण देशमा केही द्धन्द्ध सिर्जना भएकाले वार्ताका माध्यमबाट समाधान खोज्न दवाव दिने उद्येश्यले र्याफ्टिङ आयोजना गरिएको हो।