सुदूर नेपाललाई विश्वसँग जोड्दै

बुडाल मृत्यु प्रकारणः निवर्तमान वडाअध्यक्षसहित चार जना कारागार चलान

२०७९ चैत्र १७, ०१:५४ खबर संवाददाता

बैतडीः बैतडीको दशरथचन्द नगरपालिका–१० खडेनीका २५ वर्षीय जीवन बुडालको हत्या आरोप लागेका चार जना पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला अदालत बैतडीले बुडालको हत्या आरोप लागेका चार जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो।

कर्तव्य ज्यान मुद्दामा न्यायधीश जयानन्द पनेरुको इजलाशले नारायणसिंह ऐरी (मृतकका भिनाजु), अर्जुनसिंह रावल, भीमसिंह ठगुन्ना र गजेन्द्रसिंह रावललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेको हो। गजेन्द्रसिंह रावल दशरथचन्द नगरपालिका–६ का निवर्तमान वडाध्यक्ष हुन। उनी यसपटकको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट दशरथचन्द नगरपालिकाको मेयर पदमा चुनाव लडेका थिए।

१३ फागुनमा साथी र इष्टमित्रसँग पिकनिक मनाउन गएका बुडाल दोगडाकेदार गाउँपालिका–४ जाडाबगरस्थित चौलानी नदीमा मृत भेटिएका थिए। राष्ट्रिय अनुसन्धान विभागको सहायक सुचकको रुपमा बझाङमा कार्यरत बुडाल विदामा घर आएका बेला साथीहरुसँग पिकनिक गएका थिए। 

उनी चौलानी नदीमा रहस्यमयी ढंगले मृत भेटिएपछि पत्नी अनिषाले कर्तव्य ज्यान मुद्दामा सँगै पिकनिक मनाउन गएका १२ जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन्। जिल्ला अदालतले हत्या आरोपी १२ जनामध्ये तीन जनालाई साधारण तारिखमा छोड्ने आदेश गरेको तहसिलदार तिर्थराज आचार्यले बताए। उनका अनुसार मोहनसिंह ठगुन्ना, केशवसिंह रावल र भुवनराम लुहार तारिखमा रिहा भएका छन्। लुहार जिप चालक हुन्।

पाँच जना आरोपी भने धरौटीमा रिहा भएका छन्। दिपेन्द्रसिंह ऐरी, पुष्पराज भट्ट र तेजसिंह खत्री जनही एक लाख ५० हजार धरौटीमा रिहा भए। यस्तै, नविनसिंह ठगुन्ना र श्यामसिंह ऐरी जनही ५० हजार धरौटी बुझाएर रिहा भएका छन्। फागुन १३ गते शनिबार बिहान ११ जना साथीहरुसंगै पिकनिक मनाउन गएका बुडाल  राति ९ बजे मृत फेला परेका थिए।

राष्ट्रिय अनुसन्धान कार्यालय बझाङमा कार्यरत बुडाल छुट्टी मनाउन घर आएका बेला पिकनिक गएका हुन्। उनी चौलानी नदीमा मृत भेटिएपछि पत्नी अनिषाले कर्तव्य ज्यान मुद्दामा सँगै पिकनिक मनाउन गएका १२ जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन्। जिल्ला अदालतले हत्या आरोपी १२ जनामध्ये तीन जनालाई साधारण तारिखमा छोड्ने आदेश गरेको तहसिलदार तिर्थराज आचार्यले बताए।

कमेन्ट लोड गर्नुस