कञ्चनपुरमा एक विद्यालयले गर्यो क्रिकेटका राष्ट्रिय खेलाडीहरुलाई नगद सहित सम्मान
कञ्चनपुरः कञ्चनपुरको बेलौरी स्थित वात्सल्य विद्या निकेतनले विहीबार नेपाली क्रिकेटका राष्ट्रिय खेलाडीहरुलाई सम्मान गरेको छ।
बिहीबार बिद्यालयको प्राङ्गणमा एक औपचारिक कार्यक्रमको आयोजना गरी नेपाली क्रिकेटका राष्ट्रिय खेलाडीहरुलाई सम्मान गरेको हो। सम्मानित हुनेमा सुदूरपश्चिमबाट नेपाली क्रिकेटलाई विश्वसामु चिनाउनु हुने राष्ट्रिय खेलाडी दिपेन्द्र सिंह ऐरी र भीम सार्की जोन्टी रहेका छन्। उनीहरूलाई विद्यालयले मायाको चिनो सहित नगद रु ४०÷४० हजारका दरले सम्मान गरेको हो,भने यस्तै सुदूरपश्चिमकै राष्ट्रिय खेलाडी सन्दिप जोरालाई पनि सम्मान स्वरुप रु २० हजार नगद प्रदान गरिएको छ।
नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन महत्त्वपूर्ण योगदान गर्नुहुने सुदूरपश्चिमका हस्ती र देशका गौरव क्रिकेटरहरुलाई आगामी दिनमा थप सफलताको कामना गर्दै वात्सल्य विद्या निकेतनले सम्मान स्वरुप केहि रकम प्रदान गरेको प्रिन्सिपल लक्ष्मण दियालले बताए।