सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामको एक स्वास्थ्य चौकीमा किशोरी मैत्री स्वास्थ्य सेवा

२०७९ चैत्र १६, ०७:०० खबर संवाददाता

दिपा भण्डारी, अछामः अछामको एक स्वास्थ्य चौकीमा किशोर–किशोरी मैत्री स्वास्थ्य सेवा सुरु भएको छ। 

जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ७ को जनालीमा रहेको स्वास्थ्य चौकीमा किशोर–किशोरी मैत्री स्वास्थ्य सेवा सुरु गरिएको हा । सेभ द चिल्ड्रेन र वाक नेपाल पावर परियोजनाको सहकार्यमा किशोर–किशोरीका लागि स्वास्थ्य सेवा सञ्चालन गरिएको हो। 

किशोर–किशोरीका लागि आवस्यक हुने स्वास्थ्य सेवा प्रदान गरिने वाक नेपाल मंगलसेन नगरपालिका वडा नम्बर ६ र ७ का फिल्ड अफिसर रमिता ढुङगानाले बताइन्। स्वास्थ्य चौकीमा आएका १३–२४ वर्ष उमेर समूहका किशोर–किशोरीलाई सेवा प्रदान गर्नका लागि विभिन्न सामाग्रीसमेत वितरण गरिएको छ। 

किशोर किशोरीहरुले सेवा लिन हिचकिच मान्ने भएकाले छुट्टै सेवा दिन सुरु गरिएको हो। मंगलसेन नगरपालिकाको वडा नम्बर ६ र ७ का किशोर–किशोरीहरु उक्त सेवाबाट लाभाम्बित हुनेछन्। सेभ द चिल्ड्रेन र वाक नेपाल पावर परियोजनाको एक लाख १४ हजार तीन सय २७ रुपैया ४ पैसा बराबरको सामान स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको छ। 


 

कमेन्ट लोड गर्नुस