जनप्रतिनिधि आएपछि धनगढीमा १९ किलोमिटर सडक कालोपत्रे (सुचि सहित)
धनगढी उप–महानगरपालिकामा जनप्रतिनिधि आएको एक बर्ष ८ महिनाको अवधीमा १९ किलोटिमर सडक कालोपत्रे भएको छ। कालोपत्रे भएका सबै खुद्रेखाद्रे योजना मात्रै रहेका छन्। १३ वटा वडामा ९३ वटा सडक कालोपत्रे गरिएको छ तर ६ वटा वडामा भने सडक कालोपत्रे भएको छैन्। सडकको लम्वाई भने बढिमा ६/७ सय मिटर मात्रै रहेको छ।
जनप्रतिनिधि आएको पहिलो बर्ष धनगढी उप–महानगरपालिकाले साढे २७ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य लिएकोमा १९ दशमलव १५ किलोमिटर मात्रै कालोपत्रे गर्न सकेको योजना शाखाले जनाएको छ। ८ किलोमिटर सडक कालोपत्रे गर्न नसक्दा झण्डै ५ करोड बजेट खर्च हुन सकेको थिएन्।
गतवर्ष एक सय १५ स–साना योजना मार्फत १३ करोड ८५ लाखको लागतमा नगर क्षेत्रको साढे २७ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य लिएकोमा १९ किलोमिटर सडक मात्रै कालोपत्रे भएको थियो। स्थानीय उपभोक्ताको १ करोड ७६ लाख र उप–महानगरपालिकाको ७ करोड ६८ लाख गरी ९ करोड ४५ लाख खर्च गरेर १९ किलोमिटर सडक कालोपत्रे गरिदा स–साना ९३ वटा योजना समेटिएका छन्। जनप्रतिनिधि आएपछि उप–महानगरपालिकाले नगर क्षेत्रमा ५० मिटर देखी ६÷७ सय मिटर सम्मका कालोपत्रेका योजना उपभोक्ता समिति र निर्माण व्यवसायी मार्फत कार्यान्वयन भएको ईन्जिनियर द्धिजराज भट्टले बताए।
धनगढी उप–महानगरपालिकामा जनप्रतिनिधि आएपछि वडा नम्वर १ मा १० वटा, वडा नम्वर २ मा १० वटा, वडा नम्वर ३ मा २० वटा, वडा नम्वर ४ मा ५ वटा, वडा नम्वर ५ मा ४ वटा, वडा नम्वर ६ मा ५ वटा, वडा नम्वर ७ मा ६ वटा, वडा नम्वर ८ मा ३ वटा, वडा नम्वर ९ मा ८ वटा, वडा नम्वर १० मा ६ वटा, वडा नम्वर १२ मा ७ वटा, वडा नम्वर १३ मा ६ वटा, वडा नम्वर १५ मा ३ वटा स–सना सडक कालोपत्रे गरिएको छ। जनप्रतिनिधि आएपछि अहिले सम्म वडा नम्वर ११, १४, १६, १७, १८ र १९ गरि ६ वटा वडामा भने एउटा पनि सडक कालोपत्रे भएको छैन्।
९३ वटा कालोपत्रेका योजना मध्ये एउटा सडकको लम्वाई पनि एक किलोमिटर पुगेको छैन्। २, ४ सय मिटर मात्रै कालोपत्रे भएकाले योजना छनौट साच्चीकै विकासको प्रत्याभुती गर्नुभन्दा पनि कनिका छरेको अनुभुती हुँदै आएको छ। यो बर्ष छनौट भएका कालोपत्रेका योजना भने बल्ल कार्यान्वयनको चरणमा गईरहेका छन्।