कैलालीको एक्सिस विद्याश्रमका विद्यार्थीद्वारा रक्तदान
कैलालीः कैलालीमा रहेको एक विद्यालयका विद्यार्थीले रक्तदान कार्यक्रम गरेका छन्।
जिल्लाको धनगढीमा रहेको एक्सिस बिद्याश्रमका कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले बिहीवार रक्तदान गरेका छन्। एक्सिस युथ रेडक्रसले आयोजना गरेको रक्तदान कार्यक्रममा ६५ पिन्ट रगत संकलन भएको युथ रेडक्रसका संयोजक शंकर खड्काले बताए।हरेक बर्ष कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले र विद्यालयमा गठित युथ रेडक्रस सर्कलले संयुक्त रुपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको विद्यार्थीका प्राचार्य अनिता पन्तले बताइन्।
विद्यार्थीलाई किताबी ज्ञान मात्रै नभएर सामाजिक तथा मानवीय कार्यमा अभिरुचि बढाउनका लागि विद्यार्थीले बिगत छ वर्षदेखि कक्षा १२ का विद्यार्थीहरुको अगुवाइमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको प्राचार्य पन्तले जानकारी दिइन्।