सुदूर नेपाललाई विश्वसँग जोड्दै

साइकल भीरबाट खस्दा दार्चुलामा दुई विद्यार्थी घाइते

२०७९ चैत्र ५, १०:३६ खबर संवाददाता

दार्चुलाः साइकल भीरबाट खस्दा दार्चुलामा दुई विद्यार्थी घाइते भएका छन्। शनिवार महाकाली नगरपालिका–९ सकारको भीरमा साइकल खस्दा दुई विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ।

नौगाड गाउँपालिका–६ का १८ वर्षीय बिरेन्द्र ठगुन्ना र महाकाली नगरपालिका–६ का १७ वर्षीय भाष्कर भाट घाइते भएका हुन्। बिरेन्द्र ठगुन्नालाई जिल्ला अस्पताल दार्चुलामा उपचारपछि घर पठाइएको छ भने भाष्कर भाटलाई गम्भीर चोट लागेकाले थप उपचारका लागि भारतको पिथौरागढ रेफर गरिएको छ।

दुबै जना एकै साइकलमा सवार रहेको र साइकल सडकबाट करिब ४० मिटर तल महाकाली नदीमा खसेको प्रहरीले जनाएको छ। उनी मालिकार्जुन नमूना माध्यामिक विद्यालय धापमा अध्ययनरत थिए।

कमेन्ट लोड गर्नुस