सुदूर नेपाललाई विश्वसँग जोड्दै

तिलोत्तमा गोल्डकपको उद्घाटन खेलमा सुदूरपश्चिम ११ र रुपन्देही ११ भिड्ने

२०७९ चैत्र ३, ०९:१५ खबर संवाददाता

धनगढीः शनिबारदेखि बुटवलमा सुरु हुने तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम ११ र रुपन्देही ११ भिड्दै छन्।

रुपन्देहीको बुटवलमा चैत ४ गतेदेखि ११ गतेसम्म हुने २२ औं संस्करणको सो प्रतियोगितामा खेल्न सुदूरपश्चिम ११ को खेलाडी टोली शुक्रबार बुटवल प्रस्थान गरेको छ। टोलीलाई कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ललित खत्री, क्षेत्रिय खेलकुद विकास समितिका प्रमुख टोप विष्ट, सुदूरपश्चिम ११ स्पोट्र्स क्लवका  अध्यक्ष सुरेश हमाललगायत क्लवका सदस्यहरुले  विदाई गरेका थिए।

सुप ११ ले सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै देश तथा विदेशका फुटबल प्रतियोगितामा खेल्ने गरेको छ। मोफसलको पुरानो मानिने तिलोत्तमा गोल्डकपको स्थापना २०३१ सालमा तत्कालीन बुटवल नगर पञ्चायतले गरेको थियो। यो प्रतियोगिताको रूपन्देही जिल्ला फुटबल संघले आयोजना गरेको छ।

प्रतियोगितामा आयोजक रूपन्देही ११, नेपाल पुलिस, एपिएफ, मनाङ मर्स्याङ्दी, थ्री स्टार, फ्रेन्ड्स क्लब, हिमालयन शेर्पा र सुदूर पश्चिम ११ गरी आठ टिमले प्रतिस्पर्धा गर्दैछन्।
 

कमेन्ट लोड गर्नुस