धनगढीमा दर्ता नगरेर औषधि पसल सञ्चालनमा
धनगढी : कैलालीको धनगढीमा दर्ता नगरेर औषधि पसल सञ्चालनमा रहेको पाइएको छ।
धनगढी उपहानगरपालिका वडा नम्बर १४ मा रहेको टप केयर क्लिनिकले दर्ता नगरेर औषधि पसल सञ्चालन गरेको हो। फार्मेसी अध्ययन नगरेका व्यक्तिले औषधि बिक्री गर्दै आएको र औषधि पसल दर्ता नगरेको पाइएको धनगढी उपमहानगरपालिकाले जनाएको छ। क्लिनिकमा ४० प्रतिशत औषधि म्याद सकियो फेला परेको उपमहानगरपालिकाका उपभोक्ता हित संरक्षण शाखा प्रमुख नारायण प्रसाद शर्माले बताए। धनगढी उपमहानगरपालिकाले उक्त क्लिनिक शील गरेको छ।
यस्तै, धनगढी उपमहानगरपालिका वडा नम्बर १८ को अनमोल फार्मेसीलाई दुई हजार जरिमाना गरिएका छ। फार्मेसीले दर्ता नगरेर प्रयोगशाला सञ्चालन गरेको पाइएको हो। उक्त फार्मेसीमा ४० प्रतिशत औषधि म्याद नाघेको पाइएको छ।
वडा नम्बर १४ को कार्कीराम चन्द्र किराना पसललाई एक हजार जरिमाना गरिएको छ। उक्त किराना पसलले मदिरा बिक्री गर्दै आएको पाइएको हो।
सोही वडाको अछाम सुनचाँदी पसललई समेत कारबाही गरिएको छ। दर्ता नगरेर सुनचाँदी पसल सञ्चालन गरिएको तथा ढक तराजुसमेत दर्ता नगरेकाले एक हजार जरिबाना गरिएको हो। सञ्चालकलाई तीन दिन भित्र पसल दर्ता गर्न भनिएको छ।