सुदूर नेपाललाई विश्वसँग जोड्दै

 उत्तरी ब्राजिलमा पहिरोमा परी आठजनाको मृत्यु

२०७९ फाल्गुन ३०, ०६:१९ खबर संवाददाता

उत्तरी ब्राजिलको अमेजन राज्यको राजधानी मानौसको पूर्वी भागमा सोमबार बिहान पहिरोमा परी आठजनाको मृत्यु भएको छ। चार बालबालिकासहित पीडितको शव विपद् स्थलबाट निकालिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। साथै आमा र छोरीको अवशेष भग्नावशेषमुनि अँगालो हालेको अवस्थामा भेटिएको छ। पहिरोले नौ वटा घरमा क्षति पु¥याएको छ। अग्निनियन्त्रक र वरपरका बासिन्दाहरूले अझै केही मानिसहरू जीवित हुनसक्ने भन्दै खोजी कार्यलाई तीव्र पारेका छन्। 

कमेन्ट लोड गर्नुस