सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ

२०७९ फाल्गुन २९, १०:४५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको बेदकोट नगरपालिका–७ बाट लागूऔषध चरेशसहित मदनदेव भट्ट पक्राउ परेका हुन्। उनलाई ०.०७२ ग्राम लागुऔषध चरेशसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय बेलौरीबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउगरी आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।
 

कमेन्ट लोड गर्नुस