२९ वर्षपछि कञ्चनपुरमा जारीमुद्धाका फरार प्रतिवादी पक्राउ
२०७९ फाल्गुन २९, ०८:३९
कञ्चनपुरः कञ्चनपुरमा एक फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्लाको दोधारा चाँदनी नगरपालिका वडा नं. ५ बाबाथान बस्ने धन बहादुर थापा पक्राउ परेका हुन्। उनी जिल्ला अदालत दैलेखबाट एक हजार जरिवाना र एक महिना कैद तोकी ‘जारी मुद्धाका’ फरार प्रतिवादी हुन्।
कञ्चनपुर प्रहरीले सोमवार उनकै घरबाट पक्राउ गरेको छ। थापालार्ई आजै कञ्चनपुर प्रहरीले अदालतमा पेश गराईएकोमा अदालतबाट तोकिएको सजाय भुक्तानको लागि कारागार चलान गरिएको छ।
कमेन्ट लोड गर्नुस