सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको अपी–नाम्पा क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

२०७९ फाल्गुन २९, ०५:५६ खबर संवाददाता

दार्चुलाः दार्चुलाको एक क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको छ।

जिल्लाको अपी नाम्पा क्याम्पस हुतीमा ५ चैतमा तोकिएको निर्वाचन स्थगित भएको छ। क्याम्पसको प्राविधिक काम नसकिएको भन्दै अर्को सूचना जारी नभएसम्मको लागि निर्वाचन स्थगित भएको हो।अपी–नाम्पा क्याम्पस हुतीका निमित्त क्याम्पस प्रमुख धौली भट्टले आइतबार एक सूचना जारी गर्दै तयारी नपुगेको भन्दै निर्वाचन स्थगित भएको उल्लेख गरेकी छिन्।

क्याम्पसले यसअघि एमालेनिकट अनेरास्ववियु र नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीलाई विद्यार्थी भर्ना नभएको जानकारी गराएको थियो। तर, शनिबार क्याम्पसले दुई विद्यार्थी संगठनको जानकारीविनै नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघको मात्रै उम्मेदवारी दर्ता गरेपछि विरोध भएको थियो।

कमेन्ट लोड गर्नुस