सुदूर नेपाललाई विश्वसँग जोड्दै

सिक्किममा भारी हिमपात

२०७९ फाल्गुन २८, १०:१८ खबर संवाददाता

धनगढीः सिक्किममा भारी हिमपात भएको छ। पर्वतीय राज्य सिक्किममा शनिवार बेलुका भारी हिमपात भएको हो। नाथुलाबाट फर्किरहेका सय भन्दा बढी वाहनमा सवार करिब नौ सय पर्यटक बाटोमा नै फसेका थिए। पर्यटकको उद्धारका लागि सेनालाई घटाइएको छ।

सिक्किम प्रहरीका अनुसार सेनाका जवानले केही पर्यटकलाई अबेर राति राजधानी गंगटोक ल्याए। केहीले सेनाको शिविरमा रात बिताएका छन्। नाथुला र गंगटोकबीच १५ माइल इलाकामा नौ सय पर्यटक फसेका थिए।
मानिसहरू सीमावर्ती इलाका नाथुला र यहाँका चर्चित छाङ्गु पुल हरेपछि फर्किरहेका थिए । यो इलाका गंगटोकभन्दा करिब ४२ किलोमिटर टाढा छ।

सीमा सडक सङ्गठन (बिआरओ)को समूह बाटोमा जमेको हिउँ हटाउन जुटेको छ। केही पर्यटकलाई नजिकैको सेना छाउनीमा लगेर खानपिन र उपचारको प्रबन्ध मिलाइएको छ।

भारी हिमपातका कारण सिक्किममा प्रशासनले केही दिनका लागि नाथुला र छाङ्गु पुल जानका लागि पास जारी गर्न रोक लगाइएको छ।
 

कमेन्ट लोड गर्नुस