सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको एक होटलमा भएको आगलागी आधा घण्टापछि नियन्त्रणमा

२०७९ फाल्गुन २६, ०९:१६ खबर संवाददाता

डोटीः डोटीमा एक होटलमा आगलागी भएको छ।

जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला बजार स्थित होटल मनकामनामा आगलागी भएको हो। आगलागीबाट होटलको काउन्टर, भान्सामा क्षति पुगेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक रूप सिंह थापाले जानकारी दिए।

साँझ ६ बजेर ३० मा आगलागि भएको थियो। साढेँ छ बजे लागेको आगो करिब ४० मिनेटपछि  नियन्त्रणमा आएको थियो। स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका हुन्। भान्सामा खाना पकाउँदै गर्दा आगो लागेको स्थानीयले बताएका छन्।

कमेन्ट लोड गर्नुस