सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पञ्चेश्वरकी उपाध्यक्षलाई ‘ठेकेदार’ले गरे लछारपछार

२०७९ फाल्गुन २६, ०५:५१ खबर संवाददाता

धनगढीः बैतडीको पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष बिना भट्टमाथि कार्यकक्षमै लछारपछार गरिएको छ।

भट्टका अनुसार सोही गाउँपालिकाको वडा नम्बर ३ का दीपकबहादुर चन्दले उनीमाथि कार्यकक्षमा बिहीवार दिउँसो अभद्र व्यवहार गरेका हुन्। मादक पदार्थ सेवन गरेका चन्दले कार्यकक्षमै आएर लछारपछार गरेको उपाध्यक्ष भट्टले बताएकी छिन्। उनले भनिन्, ‘म कार्यकक्षमा थिए। विद्युतको ठेकेदार रहेछन्। पैसा नदिएको भन्दै कुर्सीमा बसेका बेला लछार पछार गरेको हो। मैले मुद्दा हालेको छु’ भट्टले इलाका प्रहरी कार्यालय पाटनमा अभद्र व्यवहारमा मुद्दा दर्ता गरेकी हुन्।

विद्युत विस्तारमा गरेको कामको भुक्तानीका विषयमा चन्द र उपाध्यक्ष भट्टको बिचमो विवाद भएको हो। 
 

कमेन्ट लोड गर्नुस