सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा बदेल आतङ्क, एक जनाको मृत्यु

२०७९ फाल्गुन २२, १२:१० खबर संवाददाता

डडेल्धुराः सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा बदेलको आतङ्क बढेको छ। बदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको अमरगढी नगरपालिका–३ गुजरलेकका ५२ वर्षीय गणेश पल्लेको बदेलको आक्रमणबाट मृत्यु भएको हो।

पल्ले आइतबार बिहान खेतमा गोरु डो¥याउन गएको बेला बदेलको आक्रमणमा परेका थिए। डडेल्धुराका प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टले घाइते पल्लेको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको बताए। बदेलको आक्रमणले पल्लेकोे ज्यान नै गएपछि स्थानीय त्रसित बनेका छन्।
 

कमेन्ट लोड गर्नुस