सुदूर नेपाललाई विश्वसँग जोड्दै

२ लाखमा जहाज चार्टर गरी बाजुराकी गर्भवतीको उद्धार

२०७५ चैत्र १८, ०२:५० प्रकाश सिंह

बाजुराकी एक गर्भवती महिलालाई उपचारका लागि जहाज मार्फत नेपालगञ्ज लगिएको छ। जिल्लाको बुढिनन्दा नगरपालिका ३ की ४० वर्षीया गर्भवती सेतु लुहारलाई जहाज चार्टर गरी उपचारका लागि नेपालगञ्न लगिएको हो। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जहाज चार्टर गरेर लुहारलाई उपचारका लागि नेपालगञ्ज लगिएको जनाएको छ।

मन्त्रालयका जनस्वास्थ्य अधिकृत रमेश कुँवरले पाँच महिनाकी गर्भवती सेतु उच्च रक्तचाप र फोक्सोमा पानी भरिने समस्या देखिएपछि कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना भएपनि त्यहाँ उपचार सम्भव नभएपछि नेपालगञ्ज लगिएको जानकारी दिए।

उनले सामाजिक विकास मन्त्रालयले २ लाखमा सिता एयरको जहाज चार्टर गर्दै लुहारलाई नेपालगञ्ज पठाईएको बताए।  
 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस