सुदूर नेपाललाई विश्वसँग जोड्दै

बम विस्फोटमा परि पाकिस्तानमा २ जनाको मृत्यु, २ जनाको गम्भीर अवस्था 

२०७९ फाल्गुन २१, ०८:१८ खबर संवाददाता

एजेन्सीः पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तमा आइतबार भएको बम विस्फोटमा परी दुई जनाको मृत्यु भएको छ।

साथै उक्त बम विस्पोटमापरि अन्य तीन जना घाइते भएका छन्। विस्फोटक पदार्थले भरिएको मोटरसाइकल शान्ति मिलिशियाका सदस्यको गाडीसँग ठोक्किदा सो दुर्घटना भएको हो। अज्ञात आतङ्ककारीहरूले रिमोट कन्ट्रोल यन्त्रद्वारा बम विस्फोट गराएको अन्र्तरासष्ट्रय सञचा।र माध्यमले जनाएका छन्।

घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ। अहिलेसम्म उक्त हमलाको कुनै समूह वा व्यक्तिले आक्रमणको दाबी गरेका छैनन्। 
 

कमेन्ट लोड गर्नुस