सुदूरपश्चिममा तीन जनामा कोरोना पुष्टि
धनगढीः सुदूरपश्चिममा तीन जनामा कोरोना भाइरस पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा ३ जनामा कोरोना भाइरस पुष्टि भएको हो।
एन्टीजेन विधिबाट आइतबार दुई सय सात जनामा कोरोना परिक्षण गरिएको थियो। परिक्षण गरिएकामध्ये दुई सय चार जनामा नेगेटीभ तथा तीन जनामा पोजेटीभ देखिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।
अहिलेसम्म एन्टीजेन विधिबाट ४ लाख ११ हजार ९ सय १९ जनाको परिक्षण गरिएकोमा १९ हजार एक सय चार जनामा पोजेटीभ, ३ लाख ९२ हजार ८ सय १५ जनामा नेगेटीभ देखिएको छ भने २ सय ४६ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ।