सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमालेका संगठित सदस्य परियारले गरे पार्टी परित्यागको घोषणा

२०७९ फाल्गुन २०, ०८:५० खबर संवाददाता

डोटीः नेपाल कम्युनिष्ट पार्टी (एमाले) डोटीका पुर्ब जिल्ला कमिटि सदस्य केशब परियारले पार्टी परित्यागको घोषणा गरेका छन्।

लामो समय देखी एमालेमा क्रियाशिल रहेका परियारले एमालेको संगठित सदस्यबाट समेत राजिनामा गर्दै एमाले छोडेको समाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन्। दलित आन्दोलनमा लामो समय सक्रीय रहेका परियार जिल्लाको अधिकारकर्मी रुपमा स्थापित रहेका छन्।

नेकपा (एमाले)डोटीलाई राजिनामा दिएको पत्र सार्बजनिक गर्र्दै परियारले लेखेका छन् ‘म  धेरै लामो समय पछि आज देखि कम्युनिष्ट सिद्धान्त ,कम्युनिज्म विचारधारा र दर्शन एवं नेकपा (एमाले) पार्टी परित्याग गरेको घोषणा गर्दछु। मेरो यो राजिनामा स्वीकृतिको लागि पार्टीमा निबेदन पेश गरिसकेको छु।

आगामी मेरो राजनीतिक गन्तव्य नया सिद्धान्त,नया दर्शन र नया विचारधारा हुनेछ भनेका छन्,तर उनले कुन पार्टीमा जाने भन्ने कुरा भने खुलाएका छैनन्।’
 

कमेन्ट लोड गर्नुस