सुदूर नेपाललाई विश्वसँग जोड्दै

ग्रिसमा दुईवटा रेल ठोक्किंदा १६ जनाको मृत्यु, दर्जनौं घाइते

२०७९ फाल्गुन १७, ०८:१७

ग्रिसको उत्तर क्षेत्रमा दुईवटा रेल आपसमा ठोक्किंदा कम्तिमा १६ जनाको मृत्यु भएको छ। दर्जनौं यात्रु घाइते भएका छन्। समाचार एजेन्सी एएफपीले अग्नि नियन्त्रको टोलीलाई उद्धृत गर्दै रेल दुर्घटनामा १६ जनाको मृत्यु भएको उल्लेख गरेको छ। एपी समाचार एजेन्सीले पनि दुर्घटनामा १६ जनाको मृत्यु भएको र ८५ जना घाइते भएको जनाएको छ।

घाइतेमध्ये २५ जनाको अवस्था चिन्ताजनक छ। मंगलबार बेलुका लारिसा सहर नजिकै यात्रुबाहक रेल र मालबाहक रेल ठोक्किएका थिए। रेल ठोक्किएपछि डिब्बाहरु उछुट्टिएका थिए र तीनवटा डब्बामा आगो लागेको थियो। आगो निभाउन १७ वटा दमकलसहित अग्नि नियन्त्रक र स्वास्थ्यकर्मीहरुको टोली खटिएका थिए।

कमेन्ट लोड गर्नुस