सुदूर नेपाललाई विश्वसँग जोड्दै

चमेलियाको सहायक नदीबाट थप दश मेगावट विद्युत उत्पादन हुने

२०७५ वैशाख १५, १०:५९

दार्चुलाको अपी हिमाल गाउँपालिका भएर बग्ने चमेलियाको सहायक नदी मगरीगाड खोलामा आगामी दुई वर्षभित्र दश मेगावट जलविद्युत उत्पादन हुने भएको छ। आयोजना निर्माणको जिम्मा लिएको मकरीगाँड हाइड्रोपावर प्रालि, हाइड्रो भिजन कम्पनी प्रालि नेपाल र एलटिएल गु्रप श्रीलंकालाई सानिमा बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक तथा सेन्चुरी बैंकले ऋण दिने सम्झौंता भएसँगै उक्त जलविद्युत आयोजना बन्ने भएको हो ।

तीन वटै बैंकले आयोजनाको लागि एक अर्ब ४७ करोड ४७ लाख ऋण दिने सम्झौंता गरेको छ । मकरीगाँड हाइड्रोपावर प्रालिका निर्देशक किर्तिचन्द ठाकुर, सानिमा बैंकका सिइओ भुवन कुमार दाहाल, एलटिएल गु्रप श्रीलंकाका सह अध्यक्ष जानुका नानायाकारा बीच ऋण दिने सम्झौंतामा हस्ताक्षर भएको हो । आयोजनाको लागि कुल दुई अर्ब पाँच करोड रुपैया लागत अनुमान गरिएको छ। बैंकले दिने बाहेकको लागत प्रबद्र्धकले बेर्होने जनाइएको छ।

आयोजनाको प्रबर्धकमा एलटीआइ गु्रप, श्रीलंका र हाइड्रो भिजन कम्पनी प्रालि नेपाल रहेका छन्। आयोजनाले सन २०१९ मा विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको छ। मकरीगाड जलविद्युत निर्माणको लागि एक वर्ष अघिबाटै सर्वे थालिएको थियो। तर अझै पनि अपि हिमाल गाउँपालिकासम्म सडक नपुगेका कारण विद्युतको काम अघि बढाउन समस्या भइरहेको बताइएको छ। अहिले पारिबगर खण्डेश्वरी सडक निर्माणको काम भइरहेको छ। सो सडक दश महिना भित्र मकरीगाड पुर्याएर विद्युत उत्पादन गर्ने तयारी भएको कम्पनीले जनाएको छ।

 

कमेन्ट लोड गर्नुस