सुदूर नेपाललाई विश्वसँग जोड्दै

यू–१९ क्रिकेटः आज नेपाल र मलेसिया भिड्दै

२०७९ फाल्गुन १६, ०७:५१ खबर संवाददाता

काठमाडौं: आईसीसी यू–१९ क्रिकेट विश्वकप एसियाली क्षेत्रको छनोटमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। यूएईस्थित मलेक क्रिकेट मैदान आजमानमा हुने खेल नेपाली समयअनुसार बिहान पौने ११ बजे सुरु हुनेछ। जारी प्रतियोगितामा नेपाल अपराजित छ।

उत्कृष्ट प्रदर्शन गरिरहेको नेपाल लगातार चौथो जित हात पार्दै विश्वकप छनोटको सम्भावना बलियो बनाउने लक्ष्यमा छ। नेपालले यसअघि सिंगापुर, कुवेत र हङकङमाथि सहज जित निकालेको थियो। मलेसिया भने आफ्ना तीन खेलमा एकमा मात्र विजयी भएको छ। नेपाल तीन खेलबाट ६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ।

समान खेलबाट ६ अंक बटुलेको यूएई शीर्ष स्थानमा छ। यूएईले नेपाललाई रन रेटमा पछि पारेको हो। ६ राष्ट्र सम्मिलत छनोट खेलको शीर्ष स्थानमा रहने टिमले सन् २०२४ मा श्रीलंकामा हुने विश्वकप खेल्ने अवसर पाउनेछ। नेपाल र यूएई प्रमुख दावेदार हुन्। यूएईले आज कुवेतसँग खेल्दैछ। 

कमेन्ट लोड गर्नुस