कञ्चनपुरमा १० लाख बढी मुल्यका औषधि बरामद
कञ्चनपुरः कञ्चनपुरमा १० लाख बढी मुल्यका अवैध औषधि प्रहरीले बरामद गरेको छ।
जिल्लाको भीमदत्त नगरपालिका–३ को भासी पुल नजिकैबाट भन्सार छलीका अवैध औषधि ठुलो परिणाममा प्रहरीले बरामद गरेको हो।
१० लाख २१ हजार चार सय मुल्य बराबरका भन्सार छलीका अवैध औषधि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।
बरामद गरिएका सबै औषधि भन्सार कार्यालय गड्डाचौकी पठाएको प्रहरीले बताएको छ।