सुदूर नेपाललाई विश्वसँग जोड्दै

बुडाल मृत्यु प्रकरणः १२ जना विरुद्ध किटानी जाहेरी   

२०७९ फाल्गुन १५, ०६:०६ खबर संवाददाता

बैतडीः बैतडीमा पिकनिक मनाउन गएका युवा जीवन बुडालको मृत्यु भएपछि परिवारले १२ जना विरुद्ध किटानी जाहेरी दिएको छ।

जाहेरीपछि पिकनिक मनाउन गएका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। सोमबार मृतकी श्रीमति मनिशा कुलुङ बुडालले घटना संकास्पद रहेको भन्दै जिल्ला प्रहरी कार्यालय बैतडीमा किटानी जाहेरी दिएकी हुन्।

पिकनिक खान गएका ११ जना र गाडी चालकसहित १२ जनामाथि अनुसन्धानका लागि किटानी जाहेरी दिएको उनले बताएकी छन्। ज्यान सम्वन्धि कसुरमा परिवारले जाहेरी दिएपछि पिकनिक खान गएका १२ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रेमबहादुर शाहीले बताए। राष्ट्रिय अनुसन्धान बझाङमा कार्यरत रहेका जीवन विदामा घर आएका बेला पिकनिक मनाउन गएका उनी शनिबार राति मृत फेला परेका थिए।

कमेन्ट लोड गर्नुस