बैतडीमा महिलामाथि करणी, एकजना पक्राउ
बैतडी: बैतडीमा अपांगता भएकी महिलामाथि करणी भएको छ। करणीको आरोपमा एकजना पक्राउ परेका छन्। २४ वर्षीया अपांगता भएकी महिलामाथि करणी गरेको आरोपमा मेलौली नगरपालिका–७ का ५६ वर्षीय तारादत्त भट्टलाई प्रहरीले पक्राउ गरेको छ।
‘क’वर्गको अपांगता भएकी महिलामाथि करणी गरेको आरोपसहित प्रहरीमा जाहेरी आएपछि आरोपित भट्टलाई पक्राउ गरेर हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए। पीडित महिलाका आफन्तले आइतबार जाहेरी दिएको र आरोपितलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जोशीले बताए।
पीडित अपांगता भएकी महिलालाई ती पुरुषले पहिलापनि बलात्कार गरेको भिडियो समेत सार्वजनिक गरिएको छ। पीडितका आफन्तहरुले महिलामाथि पटक–पटक बलात्कार भएको बताएका छन्।