बैतडी कारागारबाट दुई जना कैदीबन्दीको कैद मिनाहा
बैतडी: बैतडी कारागारबाट दुई जना कैदीबन्दीको कैद मिनाहा भएको छ। प्रजान्तत्र दिवसको अवसरमा ५० प्रतिशत कैद भुक्तान गरीसकेका दुई जना कैदी रिहा भएका हुन्।
सवारी ज्यान र अंगभगं मुद्धामा कैद भुक्तान गरिरहेका दोगडाकेदार गाउँपालिकाका बिरेन्द्रसिह कार्की र चोरी मुद्धामा ३ बर्षको कैद फैसला भएका दशरथचन्द नगरपालिकाका गणेशसिंह विष्टको बाँकी कैद मिनाहा भएको जिल्ला कारागार बैतडीका कारागार प्रमुख धारा भण्डारीले जानकारी दिइन्।
सवारी ज्यान र अंगभंग मुद्धामा बिष्टलाई २०७७ कार्तिक २८ गते ४ बर्ष,कार्कीलाई चोरी मुद्धामा २०७८ असार ३० गते ३ बर्षका लागि कैद फैसला भएको थियो। फागुन ४ गते बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बाँकी कैद सजाय मिनाहा गरेको हो। असल चालचलन भएका, नकरात्कमक सूचीमा नपरेका मुद्धामा संग्लन व्यक्तीको कैद माफी मिनाहा हुने गरेको छ।