डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाईते
डोटी: डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परि केआइसिंह–१ महादेव बस्ने ३६ वर्षीय चालक गोबिन्द शाही, र केआइसिंह–२ जारिमभाडी बस्ने ४१ वर्षीय सवार धन बहादुर तिरुवाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।
दुर्घटनामा परी ६ जना घाईते भएका छन्। केआईसिंह गाउँपालिका डुम्राकोट बस्ने बर्ष २७ को तेज तिरुवा र उनकी श्रीमती बर्ष २६ की राधा तिरुवा अवस्था गम्भीर रहेको छन्। दुबै जनाको उपचारको लागी सुजङ अस्पताल राजपुर डोटी पठाएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिए।
सामान्य घाईते सोही ठाउँका समीर तिरुवा, सुरज तिरुवा, लक्ष्मी तिरुवा र मीन लुहार सामान्य उपचार पछि घर फर्किएका छन्। दिपायलबाट घाँटलाया तर्फ जाँदै गरेको स.प.प्र.०१२३००१ च ३३२९ नम्बरको जिप लोली भन्ने स्थानमा शुक्रबार राति ११ः३० बजे दुर्घटना भएको थियो।
दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ। जिपमा चालकसहित आठ जना सवार रहेका थिए।