सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेशको भौतिक पुर्वाधारको दिगो विकाससँगै नीतिगत सुधार गर्नेछु : मन्त्री देउवा

२०७९ फाल्गुन ५, ०७:५६ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाले प्रदेशको भौतिक पुर्वाधारको दिगो विकास सँगै नीतिगत सुधार गर्ने बताएका छन्। बिहिवारबाट डडेल्धुरामा सुरु भएको ५औं डडेल्धुरा महोत्सवको उद्घाटन समारोहमा बोल्दै मन्त्री देउवाले आफ्नो कार्यकालमा सुदूरपश्चिम प्रदेशमा पुर्वाधारको क्षेत्रमा दिगो विकास संगै नीतिगत रुपमै सुधार गर्ने उल्लेख गरे।

‘कृषि, पर्यटन, उद्योग र व्यापार समृद्व डडेलधुराको आधार’ भन्ने मुल नाराका साथ सुरु भएको महोत्सवमा मन्त्री देउवाले नीतिगत सुधारका माध्यमबाट विकासका कामलाई रोजगारी सिर्जना गर्ने गरी छिटो छरितो संचालन गर्नका लागि आफ्नो प्रयास रहने बताए। उनले  मेलाले डडेल्धुरा मात्र नभई समग्र सुदुरपश्चिमकै व्यवसायिक सम्भावनाको उजागर गर्ने बताए।

साना, घरेलु तथा उद्योग, कृिषजन्य उत्पादन सुदुरपश्चिमको आर्थिक गतिविधिका आधार हुन मन्त्री देउवाले भने अर्थतन्त्रलाई थप बलियो र चलायमान बनाउन र उत्पादनको प्रवर्द्न तथा बजारीकरण गर्नमा पनि मेलाले सहयोग पुर्याउने छ। मन्त्री देउवाले पुर्वाधारको विकासले उद्योग व्यापारको अवस्थामा सुधार ल्याउन सकिने कुरालाई आत्मसाथ गर्दै प्रदेश सरकारका तर्फबाट सबल अर्थतन्त्र निर्माणका लागि अहोरात्र खटिने प्रतबिद्वता व्यक्त गरे।

कृषि तथा वन पैदावारमा आधारित उद्योग, साना लगानिका व्यावसाय सँगै जिल्लामा पर्यटनको पर्याप्त सम्भावना भएकाले यसको समुचित प्रयोगबाट नै समृद्व डडेलधुरा बन्ने मन्त्री देउवाको भनाई छ। पुर्वप्रधानमन्त्री शेर बहादुर देउवाको पहलमा पश्चिम सेती परियोजनाको सम्झौता सम्पन्न भै कार्यान्वयनमा रहेको बताउँदै मन्त्री देउवाले यस क्षेत्रमा अब रोजगारीको सिर्जना र समग्र सुदुरपश्चिमकै आर्थिक विकासमा सहयोग पुग्ने उल्लेख गरे। महोत्सवको उद्घाटन नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस् डाक्टर आरजु राणा देउवाले गरेकी थिईन।



 

कमेन्ट लोड गर्नुस