धनगढीको शिवशिखर सहकारीका बचतकर्ता आन्दोलित
धनगढी: आफुहरुले बचत गरेको रकम फिर्ताको माग गर्दै शिव शिखर बहूद्देश्यीय संस्थाका धनगढी शाखाका बचतकर्ता आन्दोलनमा उत्रिएकाछन्।
संस्थाले बचतकर्ताको रकम फिर्ता गर्न ढिलासुस्ती गरेको भन्दै बिहीबार शिव शिखर बहूद्देश्यीय सहकारी पीडित संर्घष समितिले धनगढीमा शान्तिपूर्ण आन्दोलन गरेको छ। सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता गर्न नसक्दा सेवाग्राहीहरू मर्कामा परेका छन्। बचतकर्ताको रकम ठग्न खोजेको भन्दै उनीहरूले सहकारीलाई कारबाही गर्न माग गरेका छन्।
‘हाम्रो बचतको ग्यारेन्टी गर, बचत कर्ताको रकम तुरुन्त फिर्ता गर’ लगायतका नारा लगाउँदै बचतकर्ता आन्दोलनमा उत्रिएका छन्। शिव शिखर बहूद्देश्यीय सहकारी पीडित संर्घष समितिका अध्यक्ष देवदत्त भट्टले शिव शिखर बहूद्देश्यीय धनगढी शाखाले बचत कर्ताको १५ अरब ८० करोड रुपैयाँ खाएर भागेको बताएका छन्।
बचतकर्ताको सो रकम फिर्ता नहुन्जेल सम्म्म आफूहरूले आन्दोलन निरन्तर गर्ने उनले बताए।