सुदूर नेपाललाई विश्वसँग जोड्दै

टर्की–सिरियाको भूकम्पमापरि २३ हजार मानिसको मृत्यु

२०७९ माघ २८, १२:२७ खबर संवाददाता

एजेन्सीः टर्की र सिरियामा गत सोमबारको भूकम्पमा ज्यान गुमाउनेको संख्या २३ हजार नाघेको छ।

भूकम्पको पाँच दिन पूरा भइसक्दा पनि खोजी र उद्धार जारी छ, तर भग्नावशेषमा जीवित व्यक्ति भेटिने आशा क्षीण हुँदै गइरहेको छ। हिमपात र कठ्याङ्ग्रिदो चिसोले भूकम्प पिडीतहरुलाई थप सास्ती भएको छ। टर्कीका केही भागमा अहिले शून्य भन्दा कम तापक्रम रहेको अधिकारीहरूले बताएका छन्। 

टर्कीमा भूकम्पको करिब ९० घण्टापछि भग्नावशेषबाट एक नवजात शिशु र उनकी आमालाई उद्धार गरिएको छ। दक्षिणी हाताय प्रान्तको क्षतिग्रस्त भवनको भग्नावशेषबाट १० दिने यागिज नामक बच्चाको जीवित उद्धार गरिएको हो।
 

कमेन्ट लोड गर्नुस