डोटीमा जिप दुर्घटना : ५ जना घाईते
दिपायलबाट यात्रु बोकेर मेल्लेख गैरहेको जीप दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। बिहिबार साँझ शैलेश्वरी यातायातको से १ ज ४८४ नम्बरको जीप ट्याक्टरलाई साइड दिने क्रममा दुर्घटना भएको हो। दुर्घटनामा घाइते सबैको शैलेश्वरी अस्पताल डोटीमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
घाईते ५ जना मध्य दिपायल सिलगढी नगरपालिका ४ वस्ने २५ बर्षिय विज्ञान सोव गम्भिर घाइते भएका छन्। घाइते मध्येका १ जना सामान्य उपचार पछि घर फर्कि सकेका छन्। अन्य ३ जनाको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ।