सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

२०७५ वैशाख १४, ०४:४५

डडेल्धुराको पर्शुराम नगरपालिका–९ गाईबादेमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ५ जना घाइते छन् । शुक्रबार बिहान १० बजे पर्शुराम नगरपालिका–९ गाईबादेदेखि ढुंगा लोड गरेर देवरीतर्फ जाँदै गरेको से १ त ५३३८ नम्बरको ट्याक्टर दुर्घटना भएको हो। दुर्घटनामा परशुराम नगरपालिका ९ का ट्याक्टरमा मजदुरी गर्ने ५५ वर्षीय नन्दसिंह ठगुन्नाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

दुर्घटनामा परशुराम नगरपालिका ९ कै चालक लाल धामी, नविन बोहरा, पुस्कर बोहरा, युवराज बोहरा र रतन बोहरा घाइते भएको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक शैलेन्द्र भट्टले जानकारी दिए। घाइते मध्ये पुस्कर बोहरालाई जोगबुडा अस्पतालमा उपचार हुन नसकेपछि नेपालगञ्ज रेफर गरेको छ। घाइते अन्य ४ जनाको जोगबुडा अस्तपतालमा उपचार भइरहेको छ। ट्याक्टर अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीको अनुमान छ।
 

कमेन्ट लोड गर्नुस