सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा आगलागी हुँदा ११ लाख बराबरको धनमाल जलेर नष्ट

२०७९ माघ २४, ०१:४२ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा विद्युत सर्ट भई आगलागी हुँदा ११ लाख भन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।

जिल्लाको बेदकोट नगरपालिका–३ भम्का सिद्वनाथ टोलका ३५ वर्षीय आनन्दसिंह धामीको कुखुरा फर्ममा आगलागी भएको हो। 

दुई वटा कुखुरा फर्म र बाख्राको खोरमा विद्युतको तार सर्ट भई सोमबा राति आगलागी हुँदा खोरभित्र रहेका ७ सय ५० वटा ब्रोईलर कुखुरा, ३ वटा खसी, ५ वटा बाख्रा र अन्य गरी ११ लाख ८ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले बताएको छ।

कमेन्ट लोड गर्नुस