एलपीएलः लिटल फ्लावरको विजयी सुरुवात
धनगढी : धनगढीमा जारी विद्यालय स्तरीय १९ वर्षमुनीको राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा आयोजक लिटल फ्लावरले विजयी सुरुवात गरेको छ। आइतवार धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) मा आयोजकले विजयी सुरुवात गरेको हो।
कञ्चनपुरको होली फेमिली इङ्लिस मिडियम स्कुल भीमदत्तनगरलाई ७ विकेटले पराजित गर्दै लिटिल फ्लावरले विजयी सुरुवात गरेको छ। टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको होली फेमिलीले १७ दशमलज ७ ओभरमा १० विकेट गुमाएर ५९ रन मात्रै बनाउन सक्यो। ६० रनको विजयी लक्ष्य पछ्याएको लिटल फ्लावरले ७ दशमलव ५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेटायो। उसका नरेन भट्टले अविजित २४ र कप्तान विपिन रावलले ११ रनको पारी खेले। होली फेमिलीकालागि नेहाल दमाई, अरुन राना र विरेन बमले १÷१ विकेट लिए।
होली फेमिलीलाई सस्तैमा समेट्न लिटल फ्लावरका सुबोध तिवारीले २ दशमलव ५ ओभर बलिङ गर्दै ७ रन खर्चिएर ३ विकेट लिए। उसका रोशन रावल, आशिस शाहु र अनुराग सिंहले समान २÷२ विकेट लिए। लिटल फ्लावरका बलर सामु होली फेमिलीकाअरुन रानाले २२ र अभिषेक कार्कीले १८ रन बनाउनु बाहेक अन्यको स्कोर सम्झनलायक रहेन।
खेलको प्लेयर अफदीम्याच लिटल फ्लावरका सुबोध तिवारी चुनिए। उनले २ हजार नगदसहित ट्रफी प्राप्त गरे।
लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामाफागुन ६ गतेसम्म प्रतियोगिता सञ्चालन हुने छ। फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उप विजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्रप्रदानगरिने छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०÷१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्रप्राप्त गर्नेछन् । त्यस्तै उदीयमान खेलाडीलाई नगद ५ हजार प्रदानगरिने आयोजकले जनाएको छ । प्रत्येकविद्यालयले आफ्नो टिममा ४ जना १९ वर्षमुनिका खेलाडी समावेश गर्न पाउनेछन् ।