सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा कुखुरा फार्ममा आगलागी

२०७९ माघ २२, १२:३४ खबर संवाददाता

डडेल्धुराः डडेल्धुराको एक कुखुरा फार्ममा आगलागी भएको छ।

जिल्लाको अजयमेरु गाउँपालिका–१ पाली बस्ने काशिराम भाट र उद्धब भाटको कुखुराको फार्ममा आगलागी भएको हो।

बिद्युतको तार सर्ट भई आगलागी हुँदा फार्ममा रहेका कुखुराका ८ सय चल्ला र कुखुराको दाना करिब ३ सय ४० बोरा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

आगलागीबाट भएको क्षतिको पुर्ण विवरण भने प्राप्त भइनसकेको प्रहरीले बताएको छ।

कमेन्ट लोड गर्नुस