सुदूर नेपाललाई विश्वसँग जोड्दै

डेड सी म्याराथनमा सात हजार धावक

२०७९ माघ २२, १२:२५ खबर संवाददाता

करिब सात हजार धावकहरूले मृत सागर (डेड सी म्याराथन) दौडमा भाग लिएका छन्। 

पृथ्वीको सबैभन्दा तल्लो स्थानको दक्षिणपूर्वी इजरायलको नुन तालको दक्षिणी किनारस्थित सागरमा सो प्रतिस्पर्धा भएको हो। पूर्ण म्याराथन, हाफ म्याराथन, ५० किमी, १० किमी र ५ किमीको दौडमा मृत सागरको दक्षिणी भागमा इजरायल र जोर्डनबीचको सीमानामा रहेको समुद्रको केन्द्रतर्फ दौड आयोजना गरिएको थियो। 

सामान्यतया सुरक्षा बल र सम्बन्धित कामदारहरूलाई मात्र यस खण्डमा प्रवेश गर्न अनुमति दिइन्छ। तर म्याराथनको दिन उक्त क्षेत्र  वर्षमा एक पटक मात्र खुला गरिन्छ ।  पुरुषको पूर्ण म्याराथनमा स्पेनका सर्जियो टुरुलले दुई घन्टा ४७ मिनेट चार सेकेण्डमा पूरा गरे भने महिलातर्फको म्याराथनमा इजरायलकी अन्ना प्रेइसले तीन घण्टा २१ मिनेट २९ सेकेण्डमा दौड पूरा गरिन्।

प्रतियोगिताका विजेताहरूले १,४०० शेकल (४११ अमेरिकी डलर) को पुरस्कार प्राप्त गरेका छन्।– रासस
 

कमेन्ट लोड गर्नुस