सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा एनएमबी बैंक र निसर्ग हस्पिटलबीच सम्झौता

२०७९ माघ २०, ०४:१७ खबर संवाददाता

धनगढीः धनगढीमा एनएमबी बैंक र निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिबीच  सम्झौता भएको छ। ‘स्मार्ट नारी’ बचत खाताका ग्राहकलाई लक्षित गरी स्वास्थ्य उपचारमा छुट दिने उद्देश्यले एनएमबी र निसर्ग हस्पिटलबीच सम्झौता भएको हो।

निसर्ग हस्पिटल एण्ड रिसर्च प्रालि र एनएमबी बैंकबीच एक वर्षका लागि सम्झौता भएको एनएमबी बैंक सुदूरपश्चिम प्रदेश प्रमुख श्याम अधिकारीले बताए।

बैंक र हस्पिटलबीच भएको सम्झौताअनुसार अस्पतालबाट उपलब्ध गराईने विभिन्न प्रकारका चिकित्सकीय सेवाहरुमा विशेष छुट तथा सहुलियत उपलब्ध गराउने गरी सम्झौता भएको हो।

सो अस्पतालले बैंकका एटिएम तथा अन्य भिजा कार्ड होल्डर महिला ग्राहकहरुलाई अन्तरंग (भर्ना), फार्मेसीबाट औषधी खरिद, ल्याब परिक्षण तथा शल्यक्रियामा छुट उपलब्ध गराउने छ।

समझदारी पत्रमा एनएमबि बैंककातर्फबाट प्रदेश प्रमुख श्याम अधिकारीे र अस्पतालका तर्फबाट कार्यकारी निर्देशक तिर्थराज पन्तले हस्ताक्षर गरेका हुन्।

कमेन्ट लोड गर्नुस