सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–खुटिया सडकमा आज पनि ठुला सवारी साधनमा रोक

२०७५ चैत्र १४, ०७:१८ खबर संवाददाता

धनगढी–दिपायल द्रुत मार्ग अन्तरगत धनगढी–खुटिया सडक खण्ड मर्मतको माग गर्दै आन्दोलित भएका स्थानीयले आज पनि ठुला सवारी साधनमा रोक लगाएका छन्। प्रदेश र स्थानीय सरकारसँग सडक मर्मतको माग गर्दा पनि वेवास्ता गरेको भन्दै बुधबार देखि आन्दोलित भएका स्थानीय बिहानै सडकमा उत्रिएका छन्। उनीहरुले धनगढी दिपायल दु्रत मार्गको जिरो प्वान्ट हसनपुर पिपल चौतारादेखी स्याउले बजार सम्मको सडकमा ट्रक, टिप्पर, ट्रयाक्टर लगायतका ठुला सवारी साधन चल्न दिएका छैनन्।

 धनगढी दिपायल दु्रत मार्ग निर्माण सेवा समितिका संयोजक हेम बहादुर विष्टले सडक मर्मत नहुदा उड्ने धुलोको कारण समस्या भोग्नु परेको भन्दै प्रदेश सरकार, धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकासँग दैनिक पानी हाल्ने व्यवस्था गरिदिन एक वर्षदेखी आग्रह गर्दा समेत मतलव नगरेकाले आन्दोलन जारी राखिएको बताए। 
    
 

कमेन्ट लोड गर्नुस