सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा लागुऔषधसहित एक जना पक्राउ

२०७९ माघ १५, १२:२८ खबर संवाददाता

बैतडीः बैतडीबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको दशरथ नगरपालिका–८ त्रिपुरा पुजारीगाउँबाट अवैध लागूऔषधसहित ५० वर्षीय नारायणसिंह थापा पक्राउ परेका हुन्।

अवैध लागुऔषध चरेश २ सय ८० ग्राम सहित थापालाई प्रहरी प्रक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरीले नारायण सिंहको खुद्रा पसल, घर र शरीर खानतलासी गर्ने क्रममा चरेश फेला परेपछि उनी पक्राउ परेका थिए। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

कमेन्ट लोड गर्नुस