सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतले आज ७४औं गणतन्त्र दिवस मनाउँदै

२०७९ माघ १२, ०९:०८ खबर संवाददाता

एजेन्सीः भारतले आज ७४ औं गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरि मनाउँदै छ। इजिप्टका राष्ट्रपति अब्देल फतह अल सीसीलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरेको छ। सो अवसरमा इजिप्टको सेनाले पनि परेड गर्नेछ। इजिप्टका १४४ जना सेनाको टुकडी पनि आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

सन् १९५० मा आजकै दिन (जनवरी २६) मा भारत गणतन्त्र घोषित भएको थियो।  भारत ब्रिटिस उपनिवेशबाट १९४७ को अगस्ट १५ मा स्वतन्त्र भएको थियो। तर १९५० को जनवरी २६ मा संविधान जारी भएसँगै भारत सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषित भएको हो। 

भारतको संविधानसभाले १९४९ को नोभेम्बर २६ मा अपनाएको संविधानले ‘भारत सरकार ऐन, १९३५’ लाई विस्थापित गरेसँगै भारत गणतन्त्रको युगमा प्रवेश गरेको हो।​ त्यसयता भारतले हरेक वर्ष जनवरी २६ लाई गणतन्त्र दिवसका अवसरमा मनाउँदै आएको छ। संविधानले भारतीय नागरिकलाई आफ्नो देशको सरकार आफैं चुन्न सक्नेलगायतका लोकतान्त्रिक व्यवस्थाहरू स्थापित गरेको छ। 

कमेन्ट लोड गर्नुस