सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको एसपीए क्रिकेट टोली इन्टरनेशनल स्कुल क्रिकेट लिग खेल्न भारत प्रस्थान

२०७९ माघ ११, ०२:२४ खबर संवाददाता

धनगढी: धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) क्रिकेट टोली इन्टरनेशनल स्कुल क्रिकेट लिग खेल्न भारत प्रस्थान गरेको छ। माघ १३ गतेदेखि फागुन ११ (जनवरी २७ देखि फेब्रुअरी २३) सम्म चल्ने लिगकालागि बुधवार क्याम्पस प्रमुख योगराज उपाध्यायले एक कार्यक्रमबीच खेलाडी टोलीको विदाई गरेका हुन्।

भारतको लखनउमा हुने छैटौं संस्करणको इन्टरनेशनल स्कुल क्रिकेट लिग खेल्न टोली भारत प्रस्थान गरेको हो। एसपीए कलेजको टोलीमा बसन्त कार्की, विप्लव खड्का, निर्मल भाट, निशान रेग्मी, सागर साउद, अजयसिंह कडाल, सचिन साउद, सुर्य श्रेष्ठ, खगेन्द्र कुँवर, विशाल विष्ट, विरेन्द्र चन्द, गौरव गुरुङ, आशिष तुहार र विपिन रावल रहेका छन्।

यस्तै अफिसियलमा भागीराम बखरिया, यज्ञराज जोशी र गोविन्द भट्ट रहेका छन्। विश्वप्रशिद्ध सिटी मन्टेश्वरी स्कुलको आयोजनामा हुने प्रतियोगितामा नेपाल, श्रीलंका, ओमान, जिम्बाबेसहित भारतका कोलकत्ता, दिल्ली, पटना, हैदरावाद, मध्यप्रदेश, पञ्जाबलगायत शहरका टोलीहरुले सहभागिता १६ टोलीको सहभागिता रहने भएको छ।

खेल तालिका अनुसार एसपीए कलेजले माघ १३ गते (जनवरी २७) मा उत्तराखण्डको अमिनिटी पब्लिक स्कुलसँग खेल्नेछ। लिगकम नकआउट फम्र्याटमा हुने लिग लखनउका तीन क्रिकेट ग्राउण्डमा हुनेछ। खेल दिन रात हुनेछ। 

कमेन्ट लोड गर्नुस