सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियामा आजबाट अन्तर माविस्तरीय भलिबल प्रतियोगीता हुँदै

२०७९ माघ ७, ०९:५२ खबर संवाददाता

धनगढीः कैलालीको अत्तरियामा अन्तर माविस्तरीय भलिबल प्रतियोगिता आजबाट सुरु हुँदैछ। प्रतियोगिता १० बजेबाट सुरु हुनेछ।

‘स्वस्थ्यको लागि खेलकूद रास्ट्रको लागि खेलकूद खेल खेलौ स्वस्थ रहौँ’ भन्ने मुल नारासहित अत्तरिया सञ्चार नेटवर्कले पहिलो अन्तर माविस्तरीय भलिबल प्रतियोगिताको आयोजना गरेको हो।

अन्तर माविस्तरीय भलिबल प्रतियोगिता गोदावरी नगरपालिका वडा नं. २ उत्तरबनखेत स्थित सुदूरपश्चिम माध्यमिक विद्यालयको खेल मैदानमा अहिले बिहान १० बजे सञ्चालन हुने अत्तरिया सञ्चार नेटवर्कका प्रबन्ध निर्देशक प्रकाशबहादुर बोहराले बताए।

प्रतियोगितामा पहिलो हुने विजेताले १० हजार, दोस्रो हुने विजेताले ५ हजार र तेस्रो हुने विजेताले ३ हजारसहित मेडल,  ट्रफी र प्रमाणपत्र उपलब्ध गराईने कार्यक्रम संयोजक नरेशनाथ योगीले बताए।
 

कमेन्ट लोड गर्नुस