हेलिकप्टर दुर्घटनामा युक्रेनका गृहमन्त्रीसहित १६ को मृत्यु
एजेन्सीः युक्रेनमा भएको हेलिकप्टर दुर्घटनामा त्यहाँका आन्तरिक मामिला मन्त्री डेनिस मोनास्टिरस्की सहित १६ जनाको मृत्यु भएको छ।
राजधानी किभको पूर्वीउपनगरमा एउटा बालबालिका पढ्ने विद्यालय नजिकै हेलिकप्टर खसेको थियो।
मृत्यु हुनेमा २ जना बालबालिका छन्। १० जना बालबालिकासहित २२ जना घाइते भएका र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको बीबीसीले जनाएको छ।
दुर्घटनामा परको हेलिकप्टर युक्रेनी आपत्तकालीन सेवाको रहेको प्रहरी प्रमुख इहोर क्लेमेन्कोले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
हेलिकप्टर खसेपछि विद्यालयका बालबालिका र शिक्षकलाई सुरक्षितस्थानमा सारिएको छ।