सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्यालिफोर्नियामा गोली चल्यो, ६ जनाको मृत्यु

२०७९ माघ ३, ०९:०३ खबर संवाददाता

 क्यालिफोर्नियाको एक घरमा बन्दुकधारीले चलाएको गोली लागेर ६ महिनाको बच्चासहित  ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। टुलारे काउन्टी शेरिफको कार्यालयका शेरिफ माइक बोउडरेउक्सले उक्त आक्रमण गिरोह र लागूऔषध हिंसासँग जोडिएको हुन सक्ने बताए।

स्थानीय समयअनुसार सोमबार बिहान ३ः३० बजेतिर दुईजना व्यक्तिले घरमा आक्रमण गरेको र धेरै गोली चलाएको प्रहरीले जनाएको छ। छिमेकीले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो। प्रहरी घटनास्थलमा पुग्दा घरभित्र र बाहिर मानिहरुको शव भेटिएको थियो। प्रहरीले आक्रमणबारे अनुसन्धान सुरु गरेको छ।


 

कमेन्ट लोड गर्नुस