सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको परशुराम नगरपालिकाका मेयरद्धारा देशभरका स्थानीय तह प्रमुखलाई निम्तो

२०७९ पुष २५, १०:४२ खबर संवाददाता

धनगढी: डडेल्धुराको परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशीले माघ १ गते परशुरामधाममा हुने पर्वमा सहभागिताका लागि नगर प्रमुख र गाउँपालिका अध्यक्षलाई निमन्त्रणा गरेका छन्। माघेसंक्रान्तिको अवसरमा परशुरामधाममा आयोजना हुने पर्वमा सहभागी हुन देशभरका स्थानीय तहका प्रमुखलाई निम्तो दिइएको छ।

मकर संक्रान्ति पर्व परशुराम नगरपालिका वडा नं. ५ महाकालीनदीको किनारमा अवस्थित ऐतिहासिक स्थल परशुरामधाममा प्रत्येक वर्ष महास्नान, भजनकीर्तनलगायत विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी मनाइने गरिन्छ।

मेयर जोशीले सबै स्थानीय तहका प्रमुखलाई निमन्त्रणा पठाउँदै पर्वमा सहभागिताका लागि आग्रह गरेका हुन्। ‘यस पर्व मनाउन सहभागी भइदिनहुनुका साथै यहाँको धार्मिक, सांस्कृतिक पक्षको प्रचारप्रसार तथा संरक्षण र विकासमा योगदान गरिदिनहुन परशुराम नगरपालिकाकातर्फबाट हार्दिक निमन्त्रणा गर्दछु,’ पत्रमा लेखिएको छ।
 

कमेन्ट लोड गर्नुस