सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मुख्य सडक निर्माणका लागि बोलपत्र आह्वान

२०७९ पुष २४, १२:१५ खबर संवाददाता

धनगढीः धनगढीको मुख्य सडक निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ। प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार कार्यालय, कैलालीले बोलपत्र आह्वान गरेको हो।

पूर्वाधार कार्यालय कैलालीका प्रमुख रामचन्द्र खत्रीले ३१ दिनपछि मात्र बोलपत्र खोलिने जानकारी गराए।। उनले राष्ट्रिय स्तरको एक दैनिक पत्रिकामा आइतबार सूचना प्रकाशति गरिएको बताए। धनगढीको कैलाली पुलदेखि क्याम्पस रोडसम्मको सडक कालोपत्रका लागि सुदूरपश्चिम सरकारले ६६ करोड रुपैया विनियोजन गरेको थियो।

प्रदेश सरकारले उक्त सडक निर्माणका लागि बोलपत्रसमेत आह्वानसमेत गरेको हो। बजेट सुनिश्चित भएपछि बोलपत्र आह्वान गरिएको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तुलसीराम भटराईले बताए। धनगढी उप–महानगरपालिकाले सडक क्षेत्रको १५ मिटर दायाँ र १५ मिटर बायाँका भौतिक संरचना भत्काउदैछ। धनगढी उप–महानगरपालिकाका नगर प्रमुख गोपाल हमालले धनगढीको मुख्य सडकको सवारी जाम हुने गरेकाले चौडा गर्ने योजना रहेको बताए।

मुख्य सडकको विस्तृत योजना प्रतिवेदन (डीपीआर)मा ५२ करोड बजेट आवश्क रहेको उल्लेख गरिएको छ। तर प्रदेश सरकारले स्तरीय सडक निर्माण गर्ने दाबी गर्दै आएको छ।

कमेन्ट लोड गर्नुस