अपि वहुउद्देश्यीय सहकारीको दोस्रो साधारण सभा सम्पन्न
धनगढीः अपि बहुउद्देश्यीय सहकारी संस्थाको दोस्रो साधारण सभा सम्पन्न भएको छ। शनिवार धनगढीमा संस्थाको नयाँ सञ्चालक समितिको चयन गर्दै साधारण सभा सम्पन्न भएको हो।
संस्थाका सञ्चालक समितिका अध्यक्ष सुरेशराज खनालको अध्यक्षतामा अयोजित साधारण सभाले तिलकचन्द्र खतिवडाको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरिएको संस्थाका सदस्य श्यामकृष्ण खतिवडाले जनाए। यस्तै, उपाध्यक्षमा तप्तबहादुर भण्डारी र सञ्चलक समितिको सचिवमा यमनाथ सिग्देललाई चयन गरिएको खतिवडाले बताए। यस्तै, साभारण सभाबाट कोषाध्यक्षमा कमला भट्टराई, सञ्चालक समितिको सदस्यमा कृष्णबहादुर रावल, खगेन्द्र रोकाया, सुन्दरराज शर्मा र सिता ढकाल सर्वसम्मत भएका छन्।
संस्थाको लेखा समितिको संयोजकमा केशरबहादुर कुँवर र सदस्यमा खगेन्द्रबहादुर साउँद र सिता ढकाल चयन भएका छन्।
साधारण सभामा संस्थाको आर्थिक वर्ष २०७८÷०७९ को प्रगति विवरण प्रस्तुत गरिएको थियो।
संस्थाको हाल शेयर पुँजी ६५ लाख ५२ हजार, निक्षेप बचत ७८ लाख ४६ हजार ४४४ रुपैयाँ ४७ पैसा रहेको छ भने संस्थाले १ करोड ७७ लाख ८१ हजार कर्जा लगानी गरेको प्रतिवेदन प्रस्तुत गरिएको थियो।
गत आर्थिक वर्षमा संस्थाले १५ लाख ४४ हजार ६५१ रुपैयाँ ५४ पैसा आम्दानी भएको जनाएको छ भने शुद्ध मुनाफा १ लाख ७९ हजार ८९० रुपैयाँ ५० पैसा गरेको छ। संस्थाको खर्चतर्फ १३ लाख ७४ हजार ७६१ रुपैयाँ ५ पैसा भएको वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गरिएको थियो।